पुस १६ पर्सा ।
सम्वादाता ।

प्रदेश सभा समानुपातीक निर्वाचनको नतिजाबाट प्रदेश सभा सदस्य पदमा राजपा नेपालबाट अन्जु यादव निर्वाचित भएकी छिन् ।

भारतको पटनामा समान्य परिवारमा बुवा पारस गोपाल र ममतामयी आमा लिला देवीको कोखबाट १९८४ मा जन्मेकी अन्जु देवीको नाम पर्सा जिल्लाका लागी कुनै पर्याय नाम हैनन् ।

सानैदेखी विद्यालयको काम वा गऊँ घरकै समाजिक काममा लागि रह्ने अन्जुको काम देखेर टोल मै चिडिने व्यक्ति कम थिएनन् ।

आफ्नो कडा मेहनत र बुवाको प्रेरणाले वि।एस।सी। जियोलोजी २००६ सालमा तथा फिजियो थेरापी २००७ सालमा गरी दुई दुईवटा विषयमा व्याचलर समपन्न गरी जियोलोजीमा मास्टर ड्रिग्रीको अध्ययन गर्दै गर्दा अन्जु यादवको २००९ सालमा नेपालसँग साईनो जोडियो । पर्सा जिल्लाको वीरगंज महानगरपालिका हरिहर यादवका सुपुत्र अनुज यादवसँग बैवाहिक सम्बन्ध गासेकी अन्जुले वीरगंजको हावापानीसंग राम्रोसँग परिचित हुन पुग्नी । कारण थियो उनका ससुरा हरिहर प्रसाद यादवको वीरगंजमै प्रसिद्ध ज्ञान बाटिका स्कुल । आफु चिकित्सक पेशामा भएपनी श्रीमान् अनुज यादवले सुरु गरेको अस्पतालमा काम गर्नु वा अन्य अस्पतालमा काम गर्नु कुनै ठुलो कुरा थिएन् तर गरिब असहाय बालबालिका अध्ययनरत विद्यालय प्रति उनको सेवा भाव बढी थियो ।

राजनितिमा होमिनुभन्दा अगाडी स्कुल व्यवस्थापनदेखी गरिब र अशिक्षित अभिभावकहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउनु नै उनले पहिलो खुडकिलोको रुपमा लिईन् ।

एक गास खाएर गुजरा गरिरहेका रिक्सा चालक, स्युपर र असहाय परिवारका व्यक्तिहरुलाई पैसाकै लागी शिक्षाबाट बञ्चीत हुनु हुन्न भन्ने उदेश्यले शुरुवातमा त्यस्ता एक सय भन्दा बढी परिवारका छोरा छोरीहरुलाई निःशुल्क रुपमा आफ्नै ससुराका विद्यालयमा अध्यापन गराउन शुरु गरिन् । जुन अझै सम्म निरन्तर नै त्यस्ता विद्यार्थीहरु अध्ययनरत रहेका छन् । भारतबाट नेपालको साईनो जोडेपनी उनले आफ्नो पढाईलाई बाधा पु¥याईनन् श्रीमान डा. अनुज यादवको सहयोगमा २०१० सालमा जियोलोजीमा मास्टर ड्रिग्रीको शिक्षा पुरा गरिन् ।

तिन वर्षसम्म तिनै गरिब, असहाय बालबालिकाको सेवाबाट प्रशिक्षित भएकी अन्जु यादव यि सबै समाजिक चेतना र सदीयौँदेखी हेपिएर विभिन्न उतपिड्नमा परेका व्यक्तिहरुलाई समाजिक क्रान्ति मार्फत अगाडी ल्याउन उनी आफै २०७२ सालको मधेश आन्दोलनदेखी राजपाबाट राजनितिमा होमिने सोचमा लागीन् । एकातर्फ सरकारको दमन र अर्को तर्फ मधेसी जनताको प्रदर्शनमा उनि स्वयम कयन पटक सयौँ महिलाहरुको अगुवाईमा आन्दोलनमा पुगिन् । विग्तको दिन सम्झदै उनले भनिन् हजारौँ, लाखौँ व्यक्तिहरुको मानव साङ्लोको प्रदर्शन, दर्जनौँ सहिदको बलिदानीमा समेत सरकारले सुनवाई नगरेका कारण २०७२ को आन्दोलनदेखी मधेशी महिलाहरु अधिकारको लडाईमा दुई कदम अगाडी आएकी हुन् । राजपाबाट समानुपातीकको सिटबाट सांसदमा उठेकी अन्जु यादव पर्सा जिल्लामा मधेसी गठबन्धनको बहुमत आउनेमा उनि विस्वस्त थिईन् ।

स्थानीय निकायको निर्वाचनमा घरघरमा पुगेकी अन्जु यादवलाई आफनै क्षेत्रमा एक फरक पहिचान स्थापीत गराउन सफल भएकी महिला हुन् ।

अधिकारका मामलामा मधेसी महिला पहिला भन्दा अहिले दुई कदम अगाडी आएको राम्ररी बुझेकी उनी अब महिलाको ३३ प्रतिशतलाई बढाउने मामलामा समेत सरकारले सोच्नुपर्ने उनि सुझाउँछिन् । मधेसको मुख्य ऐजेण्डा संविधान संशोधन भएपनी मधेसको विकासका लागी प्रदेशमा मधेसी सरकार बन्ने हुदाँ यहाँको समजिक क्रान्ती र विकासका लागी इमन्दारीताका साथ कटिबद्ध भएर लाग्ने उनले बताईन् ।