मंसिर २०, २०७४-मुलुकभरमै सबैभन्दा बढी मतदाता भएको मोरङमा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अन्तिम तयारी धमाधम भइरहेको छ । मतदानस्थलहरुबाट मंगलबारैदेखि कर्मचारीहरुले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । मोरङका तीन सयवटा मतदानस्थलबाट बुधबार पनि बिहानैदेखि मतदाता परिचयपत्र लिनेको भीड लागेको छ ।